|

काठमाडाैं : साताको साहित्य पुरस्कार यस वर्ष मनोज विश्वकर्माको कविता ‘सम्झनाको जंगल’ कृतिलाई प्रदान गरिने भएको छ।

साताको साहित्य डटकममा अगष्ट २०१९ देखि जुलाई २०२० सम्म प्रकाशित भएका रचनामध्येबाट तीन उत्कृष्ट रचना एक साताअघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा शरद पोख्रेलको कविता ‘भाइरस विद्रोह’ र निरज दाहालको ‘म मरे भनेँ’ छानिएका थिए। 

त्यसरचनामध्ये, निर्णायकहरू महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिव पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजीले बहुमतका आधारमा कवि विश्वकर्माको कृति ‘सम्झनाको जंगल’ कवितालाई चयन गरेका हुन्। कवि विश्वकर्माले एक समारोहबीच केही सातापछि नगद २० हजार रुपैयाँ र ताम्रपत्र प्राप्त गर्ने साताको साहित्यका सम्पादक निष्प्रभ सजीले बताए।

रौतहट चपुरका युवा कवि मनोज विगत पाँच वर्षदेखि कविता लेखनमा सक्रिय छन्। उनको अनुहारको भीड (संयुक्त कविता) र छकालै (संयुक्त कथासंग्रह) प्रकाशित छ। यसअघि सगरमाथा साहित्य प्रतिष्ठानले गरेको विश्वव्यापी कविता प्रतियोगिता –२०७६ मा पनि मनोज प्रथम भएका थिए।

अष्ट्रेलियाबाट नौ वर्षअघि थालनी गरिएको साताको साहित्य पुरस्कारबाट हालसम्म सीता तुम्खेवा, नवीन प्यासी, प्रोल्लास सिन्धुलीय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरू पुरस्कृत भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.