|

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ४२ हजार ७ सय २ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै, सक्रिय संक्रमित ५७ सय ११ छन्।

त्यस्तै, थप ७ सय ५० संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ५३ हजार ८५७ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९७ प्रतिशत पुगेको छ। 

कुल संक्रमित २ लाख ६१ हजार ४६१ जना छन्। बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ सय ७० जना पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.