|

भारतले कोरोनाविरुद्धका दुई खोपलाई आपतकालिन प्रयोग गर्न अनुमति दिएको छ। 

अक्सफोर्ड–१९ कोभिडशील्ड र भारत बायोटेक कोभ्याक्सिनलाई इन्डिया ड्रग रेगुलेटरले प्रयोग अनुमति दिएको हो। 

भारतको औषधि नियामकले कोभिडशील्ड ७०.४२ प्रतिशत प्रभावकारी रहेको पाइएको जानकारी दिएको छ। कोभ्याक्सिन भने भारत आफैंले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर बनाएको हो। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (जीसीजीआइ) को महत्वपूर्ण फैसलाबारे ट्वीट गर्दै लेखेका छन्, 'डीसीजीआइले सीरम इन्स्टिच्युट अफ इन्डिया र भारत बायोटेकले बनाएको भ्याक्सिनलाई अनुमति दिएको छ। यसबाट देशलाई कोरोनामुक्त बनाउन मद्दत मिल्नेछ।'

डीसीजीआइका निर्देशक डा. विजी सोमानीले खोपलाई अनुमति दिइएको जानकारी गराएका छन्। उनका अनुसार कोरोना महामारी नियन्त्रणसम्बन्धी विज्ञ समूहले शनिबार भारत बायोटेकको कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि सशर्त मञ्जुरी दिन सिफारिश गरेको थियो। 

यसअघि गत शुक्रबार भारतले सीरम इन्स्टिच्युटले बनाएको कोभिडशील्ड भ्याक्सिनलाई प्रयोग अनुमति दिएको थियो। 

भारत बायोटकेद्वारा निर्मित कोभ्याक्सिन मानिस तथा विभिन्न जनावरका प्रजातिमा परीक्षण गरिएको र यसको तथ्यांक सीसीएससीलाई उपलब्ध गराएको जानकारी दिइएको छ। अहिलेसम्म प्राप्त नतिजाअनुसार यो भ्याक्सिन लगाउन सुरक्षित देखिएको छ। 

मानिसहरूलाई कोभिडशीलड र कोभ्याक्सिन दुवैको दुई डोज दिइनेछ। यी भ्याक्सिनलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.