|

टर्कीको सेनाले एक विज्ञप्ति जारी गर्दै आफूहरूले सत्ता नियन्त्रणमा लिएको जनाएको छ। टेलिभिजनमा प्रसारित विज्ञप्तिमा देशमा 'पिस काउन्सिल'को नियन्त्रण छ र कर्फ्यु र मार्सल लागू गरिएको उल्लेख छ। यस्तै, विज्ञप्तिमा अब टर्कीमा नयाँ संविधान लागू हुने समेत बताइएको छ। शुक्रबार टर्की सेनाले सबै सञ्चारमाध्यममा ईमेल गरेर पूरै देश कब्जा गरेको दावी गरेको थियो। 

टेलिभिजनमा जारी एक विज्ञप्तिमा सेनाले लोकतन्त्रलाई बचाउनका लागि यो कदम उठाइएको बताइएको छ। यस क्रममा सेना र प्रहरीको भीडन्तका क्रममा १७ प्रहरीले ज्यान गुमाएको बताइएको छ। टर्कीको संसदमा पनि बिस्फोट गरिएको समाचारमा जनाइएको छ। 

बिदापछि घर फर्किएका टर्कीमा राष्ट्रपति रेचेप तैयप एर्दोआनले वेबक्यामबाट टेलिभिजनमा दिएको एक अन्तर्वार्तामा आफ्ना जनतालाई लोकतन्त्र बचाउनका लागि सडकमा आउन आग्रह गरेको बीबीसीले जनाएको छ। 

यस्तै टर्कीका प्रधानमन्त्री बिनाली यिल्दिरिमले सैनिक कारबाहीको निन्दा गर्दै उनले यसलाई 'कु' नभएको बताएका छन्। उनले सत्तामा सरकारको नियन्त्रण रहेको उल्लेख गरेका छन्। 

एनटिभीमा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, 'देशको सत्ता पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।' यस समूहको नेतृत्वको बारेमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन्। 

टर्की टेलिभिजनका अनुसार वरिष्ठ सेनाअधिकारीहरूलाई राजधानी अंकाराको मुख्यालयमा बन्धक बनाइएको छ। चीफ अफ स्टाफ जनरल हुलूसी अकर पनि बन्धक भएकामध्ये परेका समाचारमा जनाइएको छ। 

एक रिपोर्टका अनुसार अंकारामा टर्कीका सरकारी टेलिभिजनको भवनमा सैनिक पसेका छन्। 

इस्तानबुलको प्रहरी मुख्यालय अगाडि गोली चलेको आवाज सुनिएको समाचारमा जनाइएको छ। 

सीएनएन टर्कीका अनुसार टर्कीका राष्ट्रपति रेचेप सुरक्षित छन्। इस्तानबुलमा पुल बन्द गरिएको छर बस्फोरस र फतिह सुल्तान मेहतम पुलमा पनि सवारी आवागमन रोकिएको छ। 

राजधानी अंकारामा गोली चलेको आवाज सुनिएको छ भने सैनिक हेलिकप्टर र जेट विमान शहरको माथिबाट उडिरहेको देखिएको एक रिपोर्ट जनाइएको बीबीसीले उल्लेख गरेको छ।  अंकारा र इस्तानबुलमा हवाई अड्डामा सेनाको ट्यांक तैनाथ गरेर हवाई अड्डालाई बन्द गरिएको समाचारमा जनाइएको छ। 

इस्तानबुलको अतातुर्क अन्तराष्ट्रिय हवाई अड्डाबाट सबै अन्तराष्ट्रिय उडान रद्द गरिएको छ। टर्की प्रधानमन्त्रीले एनटिभीलाई फोनमार्फत भनेका छन्, 'सैन्य कु को आशंकामा हामी काम गरिरहेका छौ । हामी यस प्रयासलाई सफल हुन दिने छैनौँ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.