|

पाल्पा : जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

तानसेन नगरपालिका १२ लुहुङ स्थायी ठेगाना भई हाल तानसेन–३ बसन्तपुर बस्दै आएकी अन्दाजी ७० वर्षीया महिलाको शनिबार मृत्यु भएको हो।

अत्यधिक ज्वरो आएर गम्भीर बिरामी भएकी उनलाई गएराति नै तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि लगिएको थियो। आकस्मिक कक्षमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख जीवन भट्टराइले बताए।

उनको शनिबार स्वाब परीक्षणका लागि पाल्पा पिसिआर प्रयोगशाला पठाइएको थियो। रिपोर्ट भने आज बिहान आएको भट्टराइले बताए। आजै गौडेपुल नजिकैको जंगलमा उनको शव व्यवस्थापन गरिएको तानसेन –१२ का वडाध्यक्ष देवेन्द्र रानाले बताए।

योसँगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.