|

अमेरिको रिपब्लिकन पार्टीका ठूला नेताहरूले पछिल्लो यूएस क्यापिटल हिंसा र राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति खेद व्यक्त गर्न थालेका छन्। रिपब्लिकन राष्ट्रपति ट्रम्प आबद्ध पार्टी हो। 

यसैबीच उपराष्ट्रपति माइक पेन्सले पनि पछिल्लो हिंसाग्रस्त समयलाई अमेरिकी इतिहासको एक कालो दिनको संज्ञा दिएका छन्। क्यापिटल हिंसाप्रति निन्दा गर्दै उनले मानवीय हताहतिप्रति अफसोच व्यक्त गरेका हुन्। 

अमेरिकी कंग्रेसमा बोल्दै पेन्सले भनेका छन्, 'जसले यो हिंसा मच्चाए, उनीहरूले कहिल्यै जित्नसक्ने छैनन्। जीत स्वतन्त्रताकै हुनेछ। यो सदन जनता र उनीहरूका प्रतिनिधिहरूको हो, आज हामीले सदनमा बोलिरहँदा विश्वभरका जनता हिंसा र बर्बरताका बीच हाम्रो लोकतन्त्रको साक्षी बन्दैछन्।' 


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनभित्रै पसेर आक्रमण र तोडफोड गर्दा एक जनाको मृत्यु भएको छ। संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको हो। अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ।

अमेरिकी कंग्रेसमा सांसदहरूले जो बाइडेनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्प समर्थकले आक्रमण गरेका हुन्‌। सदनभित्र बहस चलिरहेकै बेला ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र घुसेका थिए। हतियारले सुसज्जित ट्रम्प समर्थकहरूले संसद भवनको झ्याल र ढोका तोडफोड गरी भित्र पसेको खबरहरूमा उल्लेख छ।

संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भएको थियो। प्रदर्शनमा ६ जना गम्भीर घाइते भएका छन्। दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.