|

काठमाडौं : अमेरिकी संसदमा भएको हिंसमा भारतका प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेका छन्।  उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत मोदीले अमेरिकी राजधानीमा भएको हिंसालाई लिएर  दुःख व्यक्त गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न ट्रम्पलाई आग्रह गरे। 

उनले भनेका छन्, ‘वाशिंगटनमा भएको दंगा र हिंसा हैरान बनाउने खालको छ। सत्ता हस्तान्तरण शान्तिपूण प्रक्रियामा जानुपर्ने छ। लोकतान्त्रिक प्रक्रियामा गैरकानूनी विरोधको अनुमति हुुदैन।' यसैबिच विश्वका शिर्ष नेताले पनि ट्रम्पको कदमको विरोध गरेका छन्। 

 

अमेरिकाको संसद भवन क्यापिटल हिलमा राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकले तोडफोड गरेका छन्।  जो बाइडेनको विजयी घोषणा गर्न आयोजित विशेष बैठकमा ट्रम्प समर्थकहरु सुरक्षा घेरा तोडेर प्रवेश गरेका थिए।  चुनावी परिणाम रोक्न नाराबाजी गर्दै पुगेको भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ।  

संसदमा भएको तोडफोडपछि राजधानी वासिङ्टनकी मेयर मुरियल बोउसरले शहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेकी छन्।  प्रदर्शनमा उत्रिएका १३ जना पक्राउ परेका छन् भने ५ वटा बन्दुक बरामद गरिएको छ। अमेरिकामा गत नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको थियो । आगामी २० जनवरीमा राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई पद हस्तान्तरण गर्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.