|

काठमाडौं :  गायक अनिल जोशी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'जनकपुरे रेल' बोलको गीतमा जगत तिरुवाले र्‍याप हानेका छन्।

गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रुपमा संगीत भरेका छन्। गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन्।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ। माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप-अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ।

उत्सव दाहालले खिचेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ। भिडियोको निर्माता नवराज शर्मा हुन्।

'सेभेन इलाभेन म्युजिक फ्याक्ट्री'को प्रस्तुतीमा निर्माण भएको म्युजिक भिडियो 'सेभेन इलाभेन म्युजिक फ्याक्ट्री'कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.