|

जापानको राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको छ। कोरोना भाइरस संक्रमण थप फैलँदै गएपछि जापान सरकारले आजदेखि  लागू हुनेगरी आपतकाल घोषणा गरेको हो।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले संक्रमण थप नफैलियोस भनेर एक महिनाका लागि आपतकाल घोषणा गरिएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री सुगाले कोरोना संक्रमण उच्च भएपछि त्यसलाई रोक्न आपतकाल लगाइएको बताए। 

प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरूलाई विशेष अनुरोध गर्नुभएको बताइएको छ । अनलाइनमार्फत किनबेच गर्नेगरी व्यापार व्यवसाय सञ्चालन गर्न पनि सरकारले अनुरोध गरेको छ।

आजदेखि एक महिनासम्म रेस्टुरेन्ट र बारमा साँझ ७ बजेपछि जाँड-रक्सी बिक्री-वितरण गर्न पाइने छैन । यस्ता पसल-व्यवसाय रातिको समयमा खोल्न रोक लगाइएको छ। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन पनि सरकारले अनुरोध गरेको छ।

युरोपका शहरमा कोरोनाको दोस्रो लहर सुरू भएको छ। बेलायत, अमेरिका लगायत देशमा पछिल्लो पटक भेटिएको कोरोना भाइरस निक्कै खतरनाक रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.