|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामले अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ। अमेरिकी संसद भवनमा भएको हिंसापछि फेसबुकले यसअघि राष्ट्रपति ट्रम्पको भिडियो हटाउदै २४ घण्टाको प्रतिबन्ध लगाएको थियो।

तर विहिबार फेसबुकका प्रमुख मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पलाई कम्तिमा उनको कार्यकाल भरि फेसबुक प्रयोग गर्न नपाउने जानकारी गराएका हुन्। 

जुकरबर्गले राष्ट्रपति ट्रम्पले अब आफ्नो बचेको आफ्नो कार्यकालको समयमा फेसबुकको प्रयोग गलत तरिकाले गर्नसक्ने बुधबारको घटनाले देखिएको भन्दै उनलाई कम्तिमा यस अवधिभरि प्रतिबन्ध लगाइएको बताएका छन्।

जुकरबर्गले राष्ट्रपति ट्रम्पको उद्धेश्य हिंसा भड्काउने भएकाले फेसबुकले उनको भिडियो हटाएको स्पष्ट गरेका छन्। यस अघि ट्वीटरले पनि राष्ट्रपति ट्रम्पलाई १२ घण्टाको प्रतिबन्ध लगाएको थियो।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.