|

सिन्धुपाल्चोक : पटक—पटक बन्द हुँदै खुल्दै गरेको नेपाल—चीन बीचको तातोपानी नाका केही समयको लागि पुनः बन्द हुने भएको छ। भोटेकोशी बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मत गर्नको लागि नाका पुनः बन्द गर्न लागिएको हो।

गत वर्खाको भोटेकोशी बाढीले पुलको जगमा क्षति पुगेकोले आगामी जनावरी २० बाट करिब २० दिनको लागि चिनियाँ पक्षले नाका बन्द गर्न लागेको हो। भूकम्पपछि अस्थिर रहेको यो नाका हाल सञ्चालना आइरहेको भए पनि पुल मर्मत नगरे जुनसुकै बेला दुर्घटना हुनसक्ने भयका कारण चिनियाँ पक्षले नाका बन्द गरेर पुल मर्मत गर्न लागेको हो। पुल मर्मतको लागि जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको हो। बाढीले मितेरी पुल जगको दायाँबायाँ क्षति पुर्‍याएकाले मर्मतका लागि नाका बन्द गरिने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गरेको छ ।

तर, नेपालतर्फको तातोपानी भन्सार कार्यालयले भने यस विषयमा आफूलाई आधिकारिक जानकारी नआएको बताएको छ। ‘पुल बनाउने भन्ने कुरा चाँहि सुनेका छौं,’ भन्सार कार्यालयका प्रमुख लालबाहादुर खत्रीले भने, ‘यो दुई देशबीचको सीमाक्षेत्र भएकाले हामीसँग पनि छलफल गरेर मात्रै मर्मत गर्नुपर्छ।‘

लामोसमयदेखि चिनियाँ क्षेत्रमा थन्किएर बसेका नेपाली व्यापारीको सामान नेपाल पठाइसकेर पुल मर्मत गर्ने योजनाअनुसार चिनिँयाँ सरकारले आगामी जनावरी २० बाट पुल मर्मत गर्ने भएको हो। पुल निर्माण गरेको चीनको तियान सुन रोड एन्ड ब्रिज कम्पनीले नै पुलको मर्मतसमेत गर्ने भएको हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.