|

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल)मा सर्वाधिक कमाउने खेलाडी बनेका छन्। अगामी सिजन अर्थात् १४औं सिजन खेलेमा धोनीको कमाई १५० करोड भारतीय रुपैयाँ पुग्नेछ।

उनले कमाइको मामिलामा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली तथा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई नकै पछि पारेका छन्। १४औं सिजनमा धोनीले रोहीतभन्दा ६ तथा कोहलीभन्दा नौ करोड रुपैयाँ बढी कमाउने दाबी भारतीय सञ्चारमाध्यामहरुले गरेका छन्। 

१३ सिजनसम्म धोनीको कमाइ १३७ करोड

धोनीले अहिलेसम्म लिगको १३ सिजनमा १३७ करोड रुपैयाँ कमाएका छन्। उनी कमाइको आधारमा अन्य खेलाडीको तुलनामा सबैभन्दा अघि छन्। १४औं सिजनमा फेरि एकपटक टिमको कप्तान बन्ने चेन्नईले बताइसकेकाले धोनीको कमाई १५० करोड रुपैयाँ पुग्ने पक्का छ। 

धोनीले २००८ को आइपिएलको पहिलो सिजनमा सर्वाधिक महँगो खेलाडीको रुपमा आफरुलाई उभ्याएका थिए। पहिलो तीन सिजनमा उनले १८ करोड कमाएका थिए। उनले सुरुवाती तीन सिजनमा प्रतिसिजन ६ करोडका दरले कमाएका थिए। 

२०११ मा बिसिसिआईले रिटेन्सन प्राइस ८.२८ करोड बनाएको थयो। अर्थात् कुनै खेलाडीलाई रिटेन गर्नु परेमा फ्रेन्चाइजले उक्त्त खेलाडीलाई पछिल्लो सिजनको तुलनामा आगामी ३ सिजनका लागि ८.२८ करोड रुपैयाँ दिनुपर्ने थियो। २०१४/१५ मा धोनीले एक सिजनमा १० करोडभन्दा बढी कमाइ गरेका थिए। उक्त समयमा उनको तलब १२.५ करोड रुपैयाँ रहेको थियो। 

पुणे सुपर जाइन्टले उक्त समयमा धोनीलाई साढे १२ करोड रुपैयाँ दिएको थियो। उनले पुणेका लागि २ सिजन खेलेका थिए। 

२०१८ पछि झन बढ्यो

२०१८ मा भएको मेगा अक्शनपछि बिसिसिआईले फेरि एकपटक रिटेन्शन प्राइस बढ्यो। २०१८ मा चेन्नईको कम्ब्याक भएसँगै उसले धोनीलाई रिटेन गर्यो। तत्कालीन समयमा चेन्नईले उनलाई १५ करोड खर्चिएको थियो।
२०१८ यता चेन्नईका लागि ३ सिजन खेलेका धोनीले ४५ करोड कमाए। यसबाट उनको लिगको कमाई १३७ करोड पुग्यो। यो वर्ष चेन्नईले रिटेन गरेमा पुन १५ करोड बढी धोनीले कमाउने छन्। जसले गर्दा उनको कमाई १५२ करोड हुने छ। १५० करोडको आँकडा छुने धोनी एक्ला खेलाडी हुन्। 

कमाईमा रोहित दोस्रो तथा कोहली तेस्रो नम्बरमा

कमाइको विषयमा रोहित शर्मा र विराट कोहलीभन्दा धोनी अघि रहेका छन्। धोनीपछि रोहित दोस्रो र कोहली तेस्रो नम्बरमा छन्। आरसिबिका कप्तान कोहलीले १३ सिजनमा १२६ करोड कमाएका छन्। उनलाई फ्रेन्चाइजले एक सिजनको १७ करोड दिएको छ। १४ सिजन खेलेसँगै उनले १४३ करोड कमाउने छन्। यो कमाई धोनीको कमाईको तुलनामा ९ करोड कमी हो।

त्यस्तै, मुम्बईका कप्तान रोहित शर्माले अहिलेसम्म १३ सिजनमा १३१ करोड कमाएका छन्। उनले एक सिजनमा १५ करोड कमाइ गर्छन्। १४ सिजन खेलेसँगै उनको कमाई १४६ करोड पुग्नेछ। जुन धोनीको भन्दा ६ करोड कम हो। धोनीको यो कमाइ तलबको मात्र हो। उनको कमाइ म्यान अफ द म्याच र अर्थोक पनि जोड्ने हो भने २०० करोडभन्दा बढी पुग्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.