|

काठमाडौं : एनसेलले विद्यार्थीलाई लक्षित गरी ‘एनसेलन अडियो क्लास’ सुरु गरेको छ। एनसेलको सिमकार्ड भएका विद्यार्थीले विभिन्न विषयहरु अडियोमार्फत अध्ययन गर्न सक्ने एनसेलले जनाएको छ।

इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभिआर)मा आधारित उक्त सेवा ‘अनपज’ अभियानअन्तर्गत ल्याएको एनसेलले जनाएको छ। पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आइभिआरबाट सिक्न सकिने भएकाले सिकाइको अनुभवलाई परिभाषित गर्ने यो सेवा आफ्ना ग्राहकका लागि ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ। 

पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध छन्। चरणबद्घ रुपमा अन्य कक्षाको पनि पाठ्यक्रमहरु समावेश गरिने एनसेलले जनाएको छ। 

विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामग्री तथा पाठहरुमा सुन्न सक्नेछन्। जसका लागि १७१४४ डायल गरी प्राप्त निर्देशनअनुसार अडियो कक्षा सेवा प्राप्त गर्न सक्नेछन्। इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, युएसएसडी तथा वेब च्यानलमार्फत पनि लिने सक्ने एनसेलले जनाएको छ।

अडियो क्लासका लागि हाल तीन दिनको र सात दिनका गरी दुईवटा विकल्प रहेका छन्। तीन दिनको प्याकमा विद्यार्थीले करसहित सात रुपैयाँमा ५० मिनेटको अडियो कक्षाको सेवा लिन सक्छनेछन्। त्यस्तै, सात दिनको प्याकमा करसहित मात्र १४ रुपैयाँमा १०० मिनेटको अडियो कक्षाको सेवा लिन सक्ने एनसेलले जनाएको छ।

कुनै अडियो प्याक अन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो कक्षाको सेवा सात रुपैयाँमा पुनः खरिद गर्न सक्छनेछन्। यस सेवा सञ्चालन गरिएको पहिलो पाँच महिनासम्म अडियो कक्षाको प्रत्येक नयाँ ग्राहकले एक साताका लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.