|

काठमाडौं: साउने, अन्य महिनाभन्दा विशेष महिनाको रूपमा हेर्ने गर्छौ, हामी। साउनको महिनामा पशुपतिको महिमा अपार छ। यसकारण मलाई पशुपतिको दर्शन गर्ने रहर जाग्यो। 

पशुपतिको दर्शन गर्न हिडेको म त्यहाँको दृश्यले मन्त्रमुग्ध भए। त्यहाँको दृश्यलाई लामो समयसम्म हेरिरहन मन लाग्यो र हेरिरहेँ पनि। 

दृश्यमा हरिया पहिरनमा सजिएका युवतीहरू, महिलाहरू थिए। मेहन्दीले रंगिएका हातमा पुजाका सामग्री थिए र साथमा स्मार्टफोन। 

प्रविधीको प्रयोगमा अभ्यस्त भएका युवतीहरू आफ्नो हरियोपनलाई स्मार्टफोनमा कैद गर्न मस्त थिए। आफूलाई सक्दो राम्रो देखाएर तस्विर खिचिरहेका थिए। सेल्फी खिच्न अभ्यस्त हातहरू व्यस्त थिए। सकेसम्म आफ्नो फोटो खिचाउन तछाडमछाड गर्दै युवतीहरू विभिन्न पोज दिँदै थिए। 

यी पलहरूलाई मैले पनि क्यामेरामा कैद गरे। मेरो क्यामेराले कैद गरेका केही फोटोहरू

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.