|

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार नयाँ टेष्ट वरियता सार्वजनिक गरेको छ। जसमा अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ दोस्रो स्थानमा उक्लिएका छन्। भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै स्मिथ दोस्रो स्थानमा उक्लिएका हुन्।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सन शीर्ष स्थानमा यथावत् छन्। कोहली तेस्रो स्थानमा झरेका छन्। यसअघि उनी दोस्रो स्थानमा थिए। स्मिथले भारतविरुद्धको तेस्रो टेष्टमा शानदार ब्याटिङ गरेका थिए।

उनले पहिलो इनिङ्समा १३१ र दोस्रोमा ८१ रन बनाएका थिए। विलियम्सन ९१९ अंकका साथ पहिलो स्थानमा रहँदा स्थिम ९०० अंकका साथ दोस्रोमा छन्। विराट ८७० अंकसहित तेस्रो स्थानमा छ। चौथो नम्बर अष्ट्रेलियाका मार्नस लाबुसेन छन्। उनको अंक ८८६ छ।

पाकिस्तानका बाबर आजम ७८१ अंकका साथ पाँचौं स्थानमा छन्। इंग्ल्याण्डका बेन स्टोक्स दुई स्थान सुधार गर्दै छैटौँ स्थानमा पुगेका छन्। भारतका अजिंक्य रहाणे एक स्थान तल झर्दै सातौं स्थानमा छन्। दशौं स्थानमा रहेका भारतका चेतेश्वर पुजाराले दुई स्थान सुधार गरेका छन्।

 उनी आठौँ स्थानमा उक्लिएका छन्। न्यूजिल्याण्डका हेनरी निकोल्स नवौं स्थामा उक्लिएका छन्। उनले तीन स्थान सुधार गरेका छन्। अष्टेलियाका डेविड वार्नर दशौँ स्थामा झरेका छन्। उनी यसअघि सातौँ स्थानमा थिए।

यस्तो छ नयाँ टेष्ट वरियता:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.