|

भारतमा कोरोना भाइरस (कोभिड १९) सक्रंमितको संख्या मंगबारसम्म एक करोड चार लाख ७९ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ५८४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड चार लाख ७९ हजार १७९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। 

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १६७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ३२७ जना पुगेको छ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाखभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन्। हाल भारतमा दुई लाख १६ हजार ५५८ सक्रिय संक्रमित छन्। भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३०६ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १३ जनाको मृत्यु भएको छ। भारतमा कोभिड १९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ६९१ भन्दा बढीको मृत्यु भइसकेको छ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड १९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड २६ लाख ५२ को हाराहारीमा नमूना परीक्षण गरेको छ। हिजो सोमबार एक दिनमा ८ लाख ९७ हजार ५६ जनाको कोभिड १९ परीक्षण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.