|

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले बृहत् कार्यकर्ता भेला सुरु भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा कार्यकर्ता भेला सुरु भएको हो।  

गण्डकी प्रदेशको भेलामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए। 

प्रचण्ड–माधव समूहले आजै गण्डकीसहित प्रदेश नम्बर २, र कर्णाली प्रदेशमा वृहत् कार्यकर्ता भेला गरिरहेको छ। 

प्रचण्ड माधव समूहले सोमबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो। प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बारे कार्यकर्तालाई अभिमुखीकरण गरी जनस्तरसम्म प्रचारप्रसार गर्न यसप्रकारको कार्यक्रम आयोजना गरिएको केन्द्रीय संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले जानकारी दिइन्। 

प्रचण्ड–माधव समूहले बुधबार बागमती प्रदेशमा वृहत कार्यकर्ता भेला गर्दैछ। प्रतिनिधिसभा विघटनसँगै पार्टी विभाजित भएपछि निरन्तर संघर्षका कार्यक्रम गरिरहेको प्रचण्ड नेपाल समूहले दोस्रो चरणमा आगामी माघ २३ गतेसम्मका लागि संघर्षका कार्यक्रम तय गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.