|

बझाङ : नवनियुक्त संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नालाइ बझाङमा कालो झण्डा देखाइएको छ। 

आज भएको आमसभालाइ सम्बोधन गर्न बझाङ पुगेका मन्त्री ठगुन्नालाई प्रचण्ड–माधव समूहको अनेरास्ववियू र युवा संघ बझाङको आयोजनामा जिल्लाको सिमखेत नजिकै पक्कीपुलमा टायर बाल्दै कालो झण्डा देखाएको हो।

केही समयका लागि बनेका म्यादी मन्त्री भन्दै अनेरास्ववियूले नारा जुलुस पनि गरेको छ। 

आज आयोजना गरिएको आमसभामा अनेरास्ववियू केन्द्रीय सयोजक ऐन महर, निवर्तमान सांसद भैरव बहादुर सिंह, अफिलाल ओखेडा, आनन्दलाल विक, जनक जोशी तथा उनी मन्त्री ठगुन्ना उपस्थित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.