|

काठमाडौं : पछिल्लो २४ घण्टामा १७७ महिला र २५३ पुरुषसहित ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ३०० जनाको पिसिआर परीक्षण गर्दा ४३० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा ३९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यस्तै, संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ।

हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ। तीमध्ये 
चार हजार ४०८ जना सक्रिय संक्रमित छन्।

नेपालमा कोरोना संक्रमणबाट १ हजार ९३२ जनाको मृत्यु भइसकेको छ। संक्रमणमुक्त प्रतिशत दर ९७.६ प्रतिशत छ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा २५९ जना संक्रमित थपिएका छन्। जसमध्ये महिला ११५ र पुरुष १४४ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.