|

काभ्रेपलाञ्चोक : पाँचखालमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

बसको ठक्करबाट पाँचखाल नगरपालिका–३ का २५ वर्षीय दिवाकर भुजेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिएका छन्। 

सिन्धुपाल्चोकको जलवीरेबाट काठमाडौंतर्फ आउँदै गरेको बा२ख ६६०२ नम्बरको बस र बा६प ७८३४ मोटरसाइकललाई ठोकिएका थिए।

मोटरसाइकल चालक भुजेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। डिएसपी कुमार विक्रम थापाका अनुसार भुजेलको शव अझै उठाइएको छैन भने बस प्रहरी  नियन्त्रणमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.