|

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पुरानै न्यायाधीशलाई निरन्तरता दिँदै हरिकृष्ण कार्कीको ठाउँमा सपना मल्ल प्रधानलाई राखेका छन्। इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा,  सपना प्रधान मल्ल,  र तेजबहादुर के सी इजलास तोकिएको छ। 

गत बुधबार न्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि प्रश्न उठेपछि इजलासमा नबस्ने घोषणा गरेका थिए। प्रधानमन्त्री केपीशर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधीवक्ता रहेकाले स्वार्थ बाझिनसक्ने भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि उनले इजलासमा नबस्ने घोषणा गरेका हुन्। आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई  चयन गरी संवैधानिक इजलास गठन गरेका हुन्। 

रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न माग गर्दै अदालतमा पूरक निवेदन दिएका थिए। यसअघि प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा वृहत पूर्ण इजलासमा सुनुवाई गरिएको नजिर रहेको भन्दै कानुन व्यवसायीले कम्तीमा ११ जना न्यायाधीश रहेको वृहत पूर्ण इजलासमा सुनुवाई गर्नुपर्ने माग गरेका छन्। 

पहिलोपल्ट २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेपछि परेको मुद्दामा तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले ११ जना न्यायाधीश सम्मिलित विशेष इजलास गरेका थिए। जसले कोइरालाको विघटनको निर्णय सदर गरेको थियो। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटन गरे। यो मुद्दा सर्वोच्चमा पुग्दा पनि ११ जनाकै इजलास तोकेर पुनस्र्थापनाको फैसला गरिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.