|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले अब कमरेड नरहेको बताइन्।

प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गर्दै उनले यस्तो बताएकी हुन्।

प्रधानमन्त्री ओलीलाई अब कुनै हालतमा कमरेड नभन्ने उनले बताइन्। 'उहाँलाई अब कमरेड भन्दैनौँ। केपी ओली कमरेड होइनन्, तानाशाही र निरङ्कुश हुन्', उनले भनिन्, 'ओलीले कम्युनिस्ट आन्दोलन र बलिदानको समेत चिरहरण गरे।' 

'तानाशाही ओली विरुद्धको आन्दोलनको टुंगोमा पुग्न धेरै समन लाग्दैन। उहाँले कुर्सी छाड्नै पर्छ। भ्रम फैलाउन ओली पक्ष देशभर लागिरहेको छ', उनले भनिन्, 'काठमाडौंले नै निर्णायक आन्दोलनमा सरिक हुनुपर्छ।' 

कम्युनिस्ट पार्टीले अब देशको विकास गर्नुपर्ने बताइन्। 'कम्युनिस्ट पार्टीले गर्न सक्ने विश्वासले लागिराख्दा तानाशाह नेतृत्व जन्मिँदा कम्युनिस्ट आन्दोलनलाई धक्का दियो', उनले भनिन्। 

भिडियो :

कम्युनिस्ट आन्दोलन कमजोर बनाउन प्रधानमन्त्री ओलीले कमजोर बनाउन खोजेको आरोप लगाइन्। 'ओलीसँग कम्युनिस्ट सोच छैन। उहाँलाई सच्याउन धेरै प्रयास र आशा गरेका थियौँ',  उनले भनिन्, 'अब हामीले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर देश विकासको पक्षमा लाग्छौँ।' 

प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा एक सय जना केन्द्रीय सदस्य समेत नपुगेपछि लाजले केन्द्रीय कमिटी विस्तार गरेको समेत बताइन्। व्यक्तिवादी नभएर सबै हिसाबले क्षमताको आधारमा बढ्नुपर्ने बताईन्। 

'सडकबाटै प्रधानमन्त्री ओलीको प्रतिगमनविरोधि गतिविधि असफल हुने दाबी गरिन्। जनताको अगाडि केपी ओलीजस्तो तानाशाहले घुँडा टेक्नुपर्छ', उनले भनिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.