|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टीलाई लात हानेर भागेको बताएका छन्। प्रचण्ड–माधव पक्ष काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  

'प्रधानमन्त्री ओलीले केही दिनअघि अध्यक्ष प्रचण्ड पक्षलाई भगौडा भएको आरोप लगाएको थिए। ७२ प्रतिशतलाई भगौडा र ३० प्रतिशतलाई के भन्ने यस्तो कहीँ हुन्छ? उहाँ चै बैठकबाट जहिले भाग्ने, उहाँ चै भगौडा नहुने?' उनले प्रश्न गर्दै भने, 'पार्टीलाई लात हानेर भाग्ने चै भगौडा नहुने? मान्छेमा अलिकति लाज हुनुपर्ने भन्दै केपी ओलीलाई निर्घिणी भएको जस्तो लाग्यो।'

भिडियो :

पार्टीको विधान संशोधन गर्न दुई तिहाइ चाहिने भन्दै उनले केही साथीहरु बिकेका पनि आरोप लगाए। केपी ओलीले लगेका मानिस १०० जना पनि नपुगेको भन्दै त्यसलाई नौटंकीको संज्ञा दिए। दलसम्बन्धी र पार्टीसम्बन्धी विधान हेर्न पनि उनले केपी ओली पक्षलाई आग्रह गरे। 

'हामीलाई के विश्वास छ भने दलसम्बन्धी ऐनअनुसार जो बलियो छ त्यही आधिकारिक हुन्छ। म विश्वस्त दिलाउन चाहन्छु, निर्वाचन आयोगले ऐन र विधानभन्दा बाहिर जाने छैन। सूर्य चिह्न हाम्रै हुन्छ,' उनले भने, 'केपी ओलीले गरेजस्तै फेरि भए के नेपाली जनताले हेरेर बस्छन्? सहेर बस्न सक्छन्?' 

केपी ओली जोकरको पछाडि कोही नलाग्ने भन्दै आफूलाई भगौडा भएको भन्ने तर्क लाजमर्दो भएको बताए। विचित्र कुरा गरेर मान्छेलाई हो कि हो कि जस्तो बनाउने उनको व्यवहार विचित्र नै भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.