|

उदयपुर : ह्वात्तै चिसो बढेपछि नेपाल प्रहरीले विभिन्न क्षेत्रका सर्वसाधरणलाई आगो ताप्ने व्यवस्था गरेको छ। चिसोले जनजीवन प्रभावित भएपछि इलाका प्रहरी कार्यालय कटारीले विभिन्न ठाउँमा दाउरा पुर्याउँदै आगो ताप्ने व्यवस्था गरेको छ।

प्रहरीले डिभिजनल वन कार्यलय त्रिवेणी कटारीको सहकार्यमा ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको हो। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कटारी–५ सुकुम्बासी टोल, वडा नम्बर ३ को बसपार्क, वडा नम्बर ४ को मुशहर बस्ती, सम्लेलगायत विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।

चिसोका कारण कठ्याग्रिंएका नागरिकहरुलाई ईलाका प्रहरी कार्यालय कटारीले आफू मातहतका प्रहरी चौकीलाई स्थानीय चोक तथा ग्रामीण इलाकामा आगो बालेर ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको डिसपी भण्डारीले बताए। 

केही दिनदेखि बढेको चिसोका कारण यहाँको जनजीवन कष्टकर बनेको छ। बाक्लो हुस्सु तथा शीतलहरका कारण आवतजावतमा समस्या भएको छ। हुस्सुका कारण दुर्घटनाको जोखिम बढेको छ भने बालबालिका, बुढाबुढी र निम्न आय भएका नागरिक समस्यामा परेका छन्। चिसो बढेका कारण दमका रोगीहरु प्रभाबित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.