|

काठमाडौं : पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ। 

फाइनलमा पिएसजीले मार्सेलीलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाघि हात पार्‍यो। पिएसजीका लागि माउरो इकार्डी र नेयमारले गोल गरे। मार्सेलीका लागि डिमिट्री पायटले गोल फर्काए। खेलको ३९ औं मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको पिएसजीका लागि ८५ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै २–० गोलको अग्रता दिलाए।

खेलको ८९ औं मिनेटमा पायटले गोल गर्दै मार्सेलीलाई २–१ को स्थितिमा ल्याए। तर बाँकी समयमा गोल गर्न नसक्दा पिएसजीसँग मार्सेली २–१ गोलअन्तरले पराजित भएको हो।

पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोका लागि यो पहिलो उपाधि हो। पिएसजीको भने सुपर कपमा यो १० औं उपाधि हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.