|

कोरोनाको उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक विशेषज्ञ टोली चीनको वुहान पुगेको छ।

वुहानलाई कोरोनाको उत्पत्ति केन्द्र मानिन्छ। त्यहीँबाट फैलन सुरू गरेको कोरोना भाइरसको महामारीबाट अहिले सिंगो विश्व आक्रान्त छ।​ डब्ल्यूएचओको विशेषज्ञ टोली वुहान पुगे पनि बिहिबारबाटै काम थाल्न भने पाउनेछैन्।

त्यहाँको सरकारी नियमअनुसार‚ टोलीले आउँदो १४ दिन क्वारेन्टाइनमा बिताउनुपर्नेछ। वुहानको विमानस्थलमा उनीहरूको स्वाब संकलन गरिएको छ। साथै‚ एन्टिबडी परीक्षणका लागि नमूना संकलन गरिएको छ।

सक्दो कडाइ गर्दा पनि छिटफुट रुपमा कोरोनाको केस भेटिन नछाडेपछि विदेशबाट आउनेलाई चीनले १४ दिने क्वारेन्टाइन अनिवार्य गरेको हो। डब्ल्यूएचओको विशेषज्ञ टोलीमा १० सदस्य छन्। उनीहरू सिंगापुरबाट वुहान प्रवेश गरेका हुन्।

टोलीले कोरोनाको उत्पत्तिबारे स्वतन्त्र अध्ययन गर्ने बताउँदै आइएको भए पनि चीनले भने चिनियाँ विशेषज्ञसँगको सहकार्यमा अनुसन्धान अघि बढ्ने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.