|

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले आगामी तीन सातामा अमेरिकामा कोरोना भाइरस (कोभिड १९)बाट ९० हजार मानिसको मृत्यु हुने पूर्वानुमान गरेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा बुधबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख २४ हजार २ सय ५८ पुगेको छ। यसै गरी एकै दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ८४८ छ । गत वर्ष महामारी सुरु भए एकै दिन उक्त संख्यामा दोस्रो उच्च हो।

नौ दिनदेखि लगातार दुई लाखभन्दा बढी मानिस हरेक दिन संक्रमित भइरहेको बताइएको छ। अहिलेसम्म अमेरिकामा २ करोड ९३ लाख ८० हजार १२५ खोप वितरण भइसकेको छ भने कम्तीमा १ करोड ७८ हजार ४६२ जनाले खोप लगाइसकेको जानकारी सिडीसीले दिएको छ।

अमेरिकामा लगातार ४२ दिनदेखि १ लाख भन्दा बढी कोभिड १९ बाट संक्रमित हुने मानिसहरु अस्पताल भर्ना भएका छन्। हाल सम्म कूल २ करोड ३४ लाख ३३ हजार ५८१ संक्रमित भएका छन् भने निको हुनेको संख्या ८१ लाख ९८ हजार ३९१ पुगेको छ। यसै गरी अमेरिकामा कूल मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ८ सय २२ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.