|

पर्वत : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अभिभावकत्व लिएका विद्यार्थीहरूलाई पढाइलेखाइका लागि आवश्यक पर्ने रकम उपलब्ध गराएका छन्‌। पर्वतमा अध्ययनरत ३ विद्यार्थीलाई उनले आवश्यकताअनुसार शैक्षिक सामग्री किन्‍न नगद उपलब्ध गराएका हुन्‌।

कुस्मा नगरपालिका–६ मा रहेको शिवालय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सुहानी नेपालीलाई उनले १० हजार रुपैयाँ नगद दिएका छन्‌। सुहानीको शैक्षिक अभिभावकत्व तिमिल्सिनाले लिएका छन्‌। 

यस्तै, मोदी गाउँपालिकामा रहेको नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत निकिता थापा र मोदी गाउँपालिकामै रहेको नवजागृत माध्यमिक विद्यालयको कक्षा दुईमा अध्ययनरत अनुप जिसीलाई पनि उनले आर्थिक सहयोग गरेका छन्‌।

अभिभावकत्व ग्रहण गर्दाताका पनि तिमिल्सिनाले १० हजार रुपैयाँ मूल्य बराबरका शैक्षिक सामग्री उपलब्ध गराएका थिए। अहिले भने विद्यार्थीले आफ्नो आवश्यकताअनुसार आफैँले सामग्री खरिद गर्न सकुन्‌ भनी नगद नै उपलब्ध गराएको तिमिल्सिनाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.