|

काठमाडौं :  प्राडा. गोविन्द केसीले सर्वोच्च अदालतले प्रधानमन्त्रीले गरेको संसद् विघटनलाई सदर गरे अदालतविरुद्ध जनता सडकमा आउने बताएका छन्।

आज माइतीघरमा  आयोजित नागरिक आन्दोलनलाई सम्बोधन गर्दै प्राडा केसीले अहिले सबैको आस सर्वोच्च अदालतमा रहेको र अदालतले पनि प्रधानमन्त्रीको संसद् विघनलाई सदर गरे जनता अदालतविरुद्ध सडकमा आउने बताएका हुन्।

डा केसीले स्थिर सरकारका लागि हामीले भोट दिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णय गैरसंवैधानिक काम गरेको समेत बताएका छन्।

ओलीको गैरसंवैधानिक कदमविरुद्ध अदालतमा मुद्दा विचाराधीन भएकाले धेरै टिप्पणी नगर्ने तर अदालत पनि जनताको निगरानीमा रहेको उनले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.