|

काठमाडौं : नोबेल शिक्षण अस्पताल विराटनगरले सुनसरीको इटहरी–२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका आश्रितहरुलाई निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको हो ।

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका दासीले हस्ताक्षर गरेका छन्। एक बर्षसम्म नोबेलले पुनस्थापना केन्द्रका असहायहरुलाई निःशुल्क उपचार गर्ने र दुईपक्षीय सहमतिमा पुनः सम्झौता नविकरण गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ।

असहायहरुलाई सहयोग पुर्याउनका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको नोबेल अस्पतालका सञ्चालक डा.शर्माले जानकारी दिए। ‘हामीले पहिलेदेखिनै गरिब, बिपन्न तथा असहायहरुलाई निःशुल्क उपचार गर्दै आएका छौं।’ उनले भने,' माया घरमा रहेका असहायहरुलाई पनि सहयोग गर्न निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हौं।’

२०७४ सालमा स्थापना भएको माया घरमा हाल ९७ जना महिला तथा वालवालिका बस्दै आएका छन्। जसमध्ये करिब ८० प्रतिशत मानसिक रोगी छन्।

कतिपयलाई उपचार गरेर पुनस्थापना गरिदै आएको छ। माया घरबाट हालसम्म करिब १२ सय जनालाई पुनस्थापना गरिसकिएको संस्थाका अध्यक्ष दासीले जानकारी दिएकि छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.