|

नवलपरासी : अत्याधिब चिसो बढेपछि पश्चिम नवलपरासीका निजी विद्यालय बन्द गरिएको छ।

लगातार बढेको चिसोको कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने भएकोले आजदेखि ३ दिनका लागि विद्यालय बन्द गरिएको प्याब्सन नवलपरासीका जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्गले बताएका छन्। विद्यालयमा बुधबारदेखि पुन: पठनपाठन हुनेछ।

पश्चिम नवलपरासीमा पछिल्लो एक सातादेखि लगातार चिसो बढ्दै गैरहेको छ। चिसो बढेसँगै जनजीवन पनि प्रभावित छ।

प्याब्सनमा ९६ वटा स्कुल आवद्ध छन्। प्याब्सनमा आवद्ध बाहेकका विद्यालय भने सञ्‍चालनमै छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.