|

काठमाडौं :  प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। आज बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी र कर्णाली प्रदेश खेल्दैछन्। 

बागमती र र नेपाल पुलिस क्लबको खेल बिहान नौ बजे कीर्तिपुरको त्रिवि मैदानमा तथा कर्णाली र त्रिभुवन आर्मी क्लबको खेल बिहान नौ बजे नै मुलपानी क्रिकेट मैदानमा बिहान नौ बजे नै सुरु हुने छ।

पुलिस र बागमतीको पहिलो खेल हो। दुवै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छन्।  अर्को खेलमा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने कर्णाली पहिलो खेलमा जित निकाली सुरुवात गर्ने लक्ष्यमा हुने छ।

हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रदेश १ लाई १ सय ३५ रनले हराएको थियो। प्रतियोगितामा तीन विभागीय सहित १० टिमको सहभागीता रहेको छ। माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई टीमका शिर्ष टोली फाइलमा खेल्नेछन्।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.