|

दाङ : नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल 'प्रचण्ड' र जनताको बहुदलीय जनवादको नेतृत्व गरेका माधवकुमार नेपालले हाँकेको पार्टी नै मूलधारको नेकपा रहेको दावी गरेका छन्‌।

आइतबार दाङमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पुनले नेकपाभित्र अहिले पदीय भागबण्डा या सुख-सुविधा प्राप्त गर्न झगडा नभएको बताए। उनले भने, 'विचार, सिद्धान्त, विधि र पद्धति मान्ने र नमान्नेबीचको लडाईं हो।'

ओलीले गत जेठमै प्रतिनिधिसभा विघटन तयारी गरेको पनि उनले आरोप लगाए। प्रचण्डले संसदको पाँच वर्षे कार्यकालमध्ये सरकारको नेतृत्व आधा-आधा अवधि गर्ने लिखित सहमतिबाट पछि हटेर जिम्मेवारीपूर्वक पाँचै वर्ष प्रधानमन्त्री खान दिने प्रतिबद्धता गरेपछि त्यतिखेर संसद विघटनको जोखिम टरेको उनको भनाइ थियो।

‘ओली गुटले केही नेताहरूको मान मर्यादा र पदका लागि पार्टीभित्र विवाद झिकिएको भ्रम फैलाउने कोसिस गरेको छ’, पुनले भने, ‘पदावधिका आधारमा आधाआधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति पनि गरेका थियौं, तर केपी ओलीले विचार, सिद्धान्त, विधि र पद्धतिका लागि भएको लडाईंलाई ओली–प्रचण्डको लडाईं, ओली–माधव नेपालबीचको लडाईं भन्ने जस्तो बनाएपछि प्रचण्डले तपाईं नै पाँच वर्षका लागि प्रधानमन्त्री हुनुस्, पार्टी अध्यक्ष पनि तपाईं नै हुनुस्, कार्यकारी अधिकार मलाई दिनुस् म पार्टी अगाडि बढाउँछु भन्ने प्रस्ताव गर्नुभयो।'

प्रचण्ड र माधव नेपालबीच ४० वर्ष लामो सहकार्य रहेको तथा नेपालको विधि र पद्धतिप्रतिको निष्ठा तथा प्रचण्डको जुझारु प्रवृत्तिका कारण नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार प्रचण्ड–नेपालले नेतृत्व गरेको पार्टी हुने उनको भनाइ थियो । लामो समय जनताको बहुदलीय जनवादमा आधारित भएर लोकप्रिय जनमत निर्माण गर्न सफल एमालेको नेतृत्व गरेका माधव नेपाल र झलनाथ खनालजस्ता नेता तथा जनयुद्धको नेतृत्व गरेका प्रचण्ड सँगै भएपछि कम्युनिष्ट आन्दोलनको मूलधार आफूहरू नै हुने दाबी पुनले गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.