|

बारा : बाराको फेटा गाउँपालिका वडा नम्बर-१, त्रिवेणीमा चट्याङले ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारको एक लाख रुपैयाँ सहयोग गरेको छ। 

गत असार १८ गते वर्षासँगै परेको चट्याङले ज्यान गुमाएका दुईजना महिलाका परिवारलाई प्रदेश २ सरकारले प्रतिपरिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले शनिबार त्रिवेणी गाँउमै पुगेर मृतक सुनरपती देवी महतो र इन्दुदेवी महतोको परिवारका अभिभावक जादोलाल महतो र हिरालाल महतोलाई चेक प्रदान गरेका हुन्।  

असार १८ गते बारामा चट्याङ लागेर चार जना महिलाको मृत्यु भएको थियो। फेटा गाउँपालिका-१ त्रिवेणी गाँउका दुईजना महिलासहित चट्याङले कलैया उपमहानगरपालिका-१२ शीतलपुरका थप दुई जनाको मृत्यु भएको थियो। 

घटनापछि प्रदेश २ सरकारले मृतकका परिवारलाई १/१ लाख रुपैयाँ सहयोग घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.