|

काठमाडौं : साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ घटेको छ। 

शुक्रबारको तुलनामा ७ सय रुपैयाले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ। छापावाल सुनको भाउ शुक्रबार ९२ हजार ५ सय रुपैया थियो। सात सय रुपैयाले नै घटेको तेजावी सुनको मूल्य आज ९१ हजार ३ रुपैया निर्धारण गरिएको महासंघले जनाएको  छ। 

महासंघका अनुसार चाँदीको मूल्य ३० रुपैयाले घटेर १२ सय ३० रुपैयामा कारोवार भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.