|

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई एक सय १२ रनको लक्ष्य दिएकाे छ। 

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले २९ ओभर तीन बलमा एक सय ११ रनमा अलआउट भयो।  राम्रो सुरुवात गर्न नसकेको पुलिसले ३२ रनमा पहिलो विकेट गुमायो।  ४७ रनमा दोस्रो विकेट गुमाएको पुलिसले ६६ रन बनाउँदा तेस्रो विकेट खेर फाल्यो। 

त्यसपछि उसका मध्यक्रमका खेलाडीबीच साझेदारी हुन सकेन। जसका कारण उसले एक सय दुई रन बनाउँदा ६ विकेट गुमायो। त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन। जसका कारण १११ रनमा अलआउट भयो।

पुलिसका लागि सुनील धमला र कुशल भर्तेलले समान १७–१७ रन बनाए भने दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले पनि समान २१–२१ रन बनाए।  अन्य खेलाटीले  खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। अमित श्रेष्ठ ६ रनमा आउट भए भने कप्तान मञ्जित श्रेष्ठ पाँच रनमा पेभेलियन फर्किए।

बलिङमा तिलक भण्डारी र नन्दन यादवले चार चार विकेट लिए भने रामनरेश गिरीले दुई विकेट हात पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.