ओलीको भनाइ र गराइमा विल्कुलै फरक देखिन्छ'
ओलीको भनाइ र गराइमा विल्कुलै फरक देखिन्छ'
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेपछि कारबाही गरेको बताएका छन्। राष्ट्रिय युवा संघ, नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
'केपी ओली सिद्धान्तहिन बुर्जुवा बाटोमा हिड्नुभयो। बहुमतको निर्णय मान्नुभएन प्रतिक्रियावादीसँग साटगाँठ गर्नुभयो', उनले भने, 'ओलीको बाटोमा हिँड्न सक्दैनौँ। उहाँलाई घृणा गछौँ। तपाईसँग व्यक्तिगत लिनुदिनु केही छैन। हामीले राष्ट र जनताको विषयमा कुरा उठाएका हौँ।'
जनताले नभएर पार्टीले ओलीलाई प्रधानमन्त्री बनाएको प्रचण्डले दाबी गरे। भने, 'पार्टीको निर्णय नमानेपछि पार्टीको बहुतमको निर्णयअनुसार राख्ने या झिक्ने निर्णय गर्न सक्छ, 'तपाई बैठकबाट किन भाग्नुभयो? किन? पार्टीको बहुमतको विधि किन मान्दिन भन्नुभयो? तपाईंलाई हाम्रो प्रश्न त्यो हो', भने, 'उहाँले जे गर्नुहुन्छ त्यो भन्नुहुन्न, जे भन्नुहुन्छ त्यो गर्नुहुन्न।'
ओलीको भ्रष्टाचारसँगको अभिव्यक्तिले ओलीको भनाइ र गराइमा प्रस्ट हुने दाबी गरे। 'तपाईंको रोग हामीमा सर्छ भन्ने देखेकाले मेजर अपरेसन गर्नुपरेको हो। गलत प्रवृत्तिसँग बस्दा अरुमा पनि त्यो सर्न सक्छ,' उनले भने, 'केपी प्रवृत्तिको अप्रेसनपछि हामीबीच देखिएको समस्या पनि समाधान गर्न सकिन्छ।'
पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गरेर कम्युनिस्ट पार्टी कसरी बनाउने भन्ने चिन्ता भएको दाबी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।