|

काठमाडौं : २४ घण्टामा ३ हजार ५ सय ८ को पिसिआर परीक्षण हुँदा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म कुल संक्रमित २ लाख ६७ हजार ३ सय २२ पुगेको छ। हालसम्म २० लाख १२ हजार ४ सय ५२ जनाको पिसिआर परीक्षण भएको छ।

त्यसैगरी ४ सय जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६१ हजार ४ सय ४४ संक्रमणमुक्त भइसकेका छन्। थप ५ जनाको मृत्यु भएको छ। कुल मृतकहरूको संख्या १९ सय ५९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.