काठमाडाैं : इटालिएन सिरिएअन्तर्गत आज राति क्रिस्टियानो रोनाल्डोको टोली युभेन्टसले बलियो प्रतिद्वन्द्वी इन्टर मिलानको सामना गर्दै छ। नेपाली समयअनुसार राति साढे १ बजे मिलानको मैदान सान सिरोमा खेल हुँदै छ।
जारी लिगमा २ खेल हारे पनि इन्टरमिलानको अंक युभेन्टसको भन्दा बढी छ। एक खेल मात्र गुमाए पनि युभेन्टसले जारी सिजनमा ६ बराबरी गरिसकेको छ। १६ खेलबाट ३३ खंक बनाएको युभेन्टस हाल चाैथो स्थानमा छ।
आजको खेलमा जित निकाले ऊ तेस्रो स्थानको रोमालाई उछिन्नेछ। युभेन्टसभन्दा एक खेल बढी खेलेको मिलानको भने ३७ अंक छ। लिगको शीर्ष स्थानमा भने एसी मिलान छ। उसले १७ खेलबाट ४० अंक बनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।