|

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुईवटा खेल हुँदैछन्।

टियु मैदानमा समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। यस्तै मुलपानी मैदानमा समुह ‘ए’ अन्तर्गत गण्डकी प्रदेश र प्रदेश–१ ले प्रतिस्पर्धा गर्नेछन्। दुवै खेल विहान ९ बजे सुरु हुनेछ।

बागमती प्रदेशले प्रतियोगिताको सुरुवात डिफेन्डिङ च्याम्पियन विभागीय टोलीलाई ७ विकेटले पराजित गर्दै गरेको छ। सुदूरपश्चिमविरुद्धको जितले बागमतीको सेमिफाइनल यात्रा सहज हुनेछ। 

सुदूरपश्चिमले प्रतियोगिताको सुरुवात जितको साथ गर्न ज्ञानेन्द्र मल्ल कप्तानीको टिमलाई पराजित गर्नुपर्नेछ। गण्डकी प्रदेशले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग हार बेहोरिसकेको छ।  प्रदेश–१ ले पनि आर्मीसँग हार बेहोरेकोले जितको साथ पुनरागमन गर्दै प्रतियोगितामा अघि बढ्न चाहन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.