|

काठमाडौं : प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३ सय रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको मौका पाएको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर तीन सय ९९ रन बनायो। उसका लागि पृथु बाँस्कोटा र आदिल खानले शानदार ब्याटिङ गरे। पृथुले ९४ बलमा १० चौका र दुई छक्कासहित सर्वानिधक ८४ रन बनाए।

आदिलले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रनको योगदान दिए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ३२–३२, पारस खड्काले २०, इशान पाण्डेले १७, आकाश थापाले १३ रन बनाउँदा र रामनरेश गिरी १० रनमा नटआउट रहे। बलिङमा नारायण जोशीले ३, कप्तान सन्तोष भट्ट र भोजराज भट्टले समान २–२ विकेट लिँदा र विनोद लामाको नाममा एक विकेट रह्यो। सुदूरपश्चिमले २६ अतिरिक्त रन दियो। बागमतीको यो दोस्रो खेल हो।

पहिलो खेलमा बागमतीले साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको थियो। बागमती प्रतियोगितामा जित यात्रा कयाम राख्न चाहन्छ। प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो खेल हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.