|

काठमाडौं : कोरोनाको खोप लगाएपछि स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिए सरकारले निशुल्क उपचार गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम भन्छन्, 'कोभिड भ्याक्सिन लगाएका मानिसमा स्वास्थ्य समस्या देखिए सरकार जिम्मेवार हुन्छ।'

तर उक्त समस्या खोपकै कारण देखापरेको हो भन्ने प्रमाण भने विज्ञहरुले पुष्टि गरेको हुनुपर्ने उनले बताए।  सरकारले निकट भविष्यमा नै भारतबाट कोरोना विरुद्धको खोप ल्याउने तयारी थालेको छ। 

दि सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड खोप ल्याउने र ल्याएको सात दिनभित्रै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई लगाउने सरकारको योजना छ।   

सरकारले नेपालमा कोरोनाविरुद्ध खोप प्रयोगका लागि चाहिने निर्देशिका बनाइसकेको छ। जसमा सेन्टरमा खोप लगाएपछि कति समयसम्म स्वास्थ्यकर्मीको निगरानीमा बस्ने, स्वास्थ्य समस्या भएकाले खोप लगाउँदा कस्तो सावधानी अपनाउने लगायतका विषय उल्लेख छन्। 

उत्पादन गरिरहेको कोभिसिल्ड खोप ल्याउने गरी सम्पूर्ण तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ। नेपालमा खोप आएको एक हप्ताभित्रै प्रयोग गरिने छ। त्यसको लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने मन्त्रालयको तयारी छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.