|

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २० लाख १६ हजार ७ सय ५८ जनाको पिसिआर परीक्षण गरिएको छ। आज भने चार हजार तीन सय ६ जनाको कोरोना परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६७ हजार ६ सय ४४ जना छन्। जसमध्ये सक्रिय संक्रमित तीन हजार ८ सय ६१ छन्। बितेको २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ६५ जना पुगेको छ भने तीन सय ७४ संक्रमणमुक्त भएका छन्।

हालसम्म २ लाख ६१ हजार ८ सय १८ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या २ सय २१ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.