|

काठमाडाैं :  नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध देशभर उत्रिन अपिल गरेको छ। आज ६ पेज लामो अपिल जारी गर्दै नेकपाको बलियो मानिएको यो खेमाले अन्य सबै विषय थाँती राख्दै सबै जना यसैमा केन्द्रित हुन आह्वान गरेको छ।  

‘हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरूप्रति सजग हुँदै भविष्यमा फेरि त्यस्ता कमीकमजोरी नदोहोरिऊन् भन्ने कुरामा हामी सचेत छौं,’ अपिलमा भनिएको छ, ‘यतिबेला आफ्ना अरु सबै कुरालाई थाँती राखेर प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सामेल हुन हामी सम्पूर्ण जनसमुदाय राजनीतिक दल नागरिक समाज मतदाता कार्यकर्ता शुभेच्छुक र समर्थक साथीहरूलाई हार्दिक आह्वान गर्दछौं।’

प्रधानमन्त्रीले के ठीक र बेठीक छुट्याउन नसकेका, प्रतिनिधिसभालाई अचेत बनाएका र न्यायालयलाई धम्क्याएको आरोप यो समूहको छ। 

‘अहिलेको अवस्थामा राष्ट्र जोगाउन,देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुन: हिँडाउन र संविधान जोगाउन प्रतिनिधिसभा पुन:स्थापनाबाहेक अर्को विकल्प देखिँदैन,’ प्रचण्ड-माधवले भनेका छन्, ‘संविधानले पनि विघटन हुनसक्ने कुनै आधार दिएको देखिँदैन। तसर्थ, सर्वोच्च अदालतलाई प्रधानमन्त्री एवम् उनका आसेपासेहरूको दबाब र धम्कीबाट मुक्त हुने वातावरण निर्माण गर्नका लागि पनि सम्पूर्ण चेतनशील नागरिकहरू संघर्षको मैदानमा विरोधको तुमुल ध्वनीका साथ उपस्थित हुनु अनिवार्य छ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.