|

 इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासललाई ३-० गोल अन्तरले हराएको छ। 

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे। बुकायो साकाको नाममा एक गोल रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। खेलको ६० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए।

त्यसपछि खेलको ७७ औं मिनेटमा औबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए। जितसँगै १९ खेल खेलेकाे आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ। १८ खेल खेलेकाे म्यानचेष्टर युनाइटेड ३७ अंकसहित शिर्ष स्थानम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.