|

उदयपुर : उदयपुरको कटारी नगरपालिका-२ खोक्सामा माघेसंक्रान्तिदेखि लागिरहेको ऐतिहासिक धार्मिक महत्वको त्रिवेणी मेलामा जिल्ला प्रशासन कार्यालय उदयपुरले रोटेपिङ र र्‍याफ्टिङ चलाउन रोक लगाएको छ। 

मेला व्यवस्थापक नरबहादुर तामाङले जिल्ला प्रशासन कार्यालय उदयपुरले मेला महोत्सवमा कोरोनाको कारण देखाउँदै रोटेपिङ र र्‍याफ्टिङ चलाउन अनुमति दिन नमानेको बताए।

‘मेलामा पूजाआजा गर्न आउने मेला घुम्न आउनेहरुको घुइँचो छ, सबैले रोटेपिङ, र्‍याफ्टिङ किन नचलाएको भनेर गुनासो गरिरहेका छन्,’ तामाङले भन्ने, ‘मेला लाग्ने भएपछि रोटेपिङ र र्‍याफ्टिङ ल्याएर जडान गरियो, अहिले चलाउन पाइएन।’

गएको पुष १३ को कटारी नगर कार्यपालिकाको बैठकको निर्णय भन्दै मेला नलगाउने जनाएको थियो। तर, पुष २३ गते बसेको कार्यपालिका बैठकले मेला लगाउन दिने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.