|

काठमाडौं : भारतको गुजरातस्थित सुरतमा फुटपाथमा सुतिरहेका १८ जना मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ। बाँकी ३ जना गम्भीर घाइते भएका छन्। 

सुरतको कीम–मन्डी रोडमा सुतिरहेका मजदुरहरुलाई गएराति १२ बजे ट्रकले किचेको हो। ट्रकले किच्दा १२ जनाको घटनास्थलमै र ३ जनाको अस्पतालमा उपचारका क्रममा निधन भएकाे भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएकाे छ।  सबै मजदुर राजस्थानका रहेको प्रहरीले पुष्टि गरेको छ। 

घटनामा एक ६ महिने बालकलाई सकुशल उद्धार गरिएको तर बालकका माता पिताको मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिमा आएको ट्रक एउटा ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएपछि फुटपाथमा सुतेका मजदुरमाथि चढेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.