|

काठमाडौं : धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनकुटा ४ की ७७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पुस १४ गते भर्ना भएकी वृद्धाको आज बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

धनकुटा जिल्ला अस्पतालमा उपचाररत महिलालाई कोभिडको आशंकामा प्रतिष्ठान रिफर गरिएको थियो। उनलाई १५ गते कोभिड पुष्टि भएको थियो। दीर्घ रोग भएकोले पहिलेदेखि उपचाररत रहेको प्रतिष्ठानका सह-प्रवक्ता डा.चूडामणि पोखरेलले जानकारी दिए।

यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ। त्यसैगरी, ९२ जना कोभिड संक्रमितको मृगौलाको डायलासिस गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.