|

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा बढेको मूल्य फिर्ता लिन माग गरेको छ।

मंगलबार संघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति जारी गर्दै संघले सोमबार बढेको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको हो। नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य वृद्धि गरेको छ।

‘कोरोना कहरले जनता छटपटी रहेको, व्यापार व्यवसाय खस्केको र रोजगारीहरु गुमेको यस्तो विकराल अवस्थामा अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने जनता मारा निर्णयको हामी घोर निन्दा र भर्त्सना गर्दछौं,’ विज्ञप्तिसमा उल्लेख छ, ‘एकातिर राजनैतिक अस्थिरताको भुमरीमा देश रुमल्लिरहेको एवं अर्कोतिर कोरोना कहरले उत्पन्न परिस्थितिले नेपाली जनताको दैनिक जीवन कष्टकर हुँदै गएको यस्तो अवस्थामा यस खाले जनताको ढाड सेक्ने गरी गरिएको मूल्य वृद्धिको निर्णयले जनतामा व्यवस्था प्रति नै वितृष्णा जाग्नेर प्रतिगमनलाई फाइदा पुर्याउने कार्य मात्र गर्दछ।’

संघले ओली सरकारलाई बारम्बार प्रतिगमनको मतियार हुने गरी जनविरोधी निर्णय नलिन पनि गम्भीर रुपमा खबरदारी गरेको छ।

विज्ञप्तिामा उल्लेख छ, ‘जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन ओली सरकारलाई चेतावनी दिन चाहन्छु। अन्यथा यसवाट उत्पन्न गम्भीर परिस्थितिको जिम्मेवार भ्रष्ट र नालायक ओली सरकार नै हुनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.