|

काठमाडौं : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपपछि प्रहरीले बल प्रयोग गरको छ।

राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो। त्यो विवाद आज पनि जारी रहेपछि झडपको स्थिति आएको प्रहरीले जनाएको छ।

झडपपछि प्रहरीले ९ राउन्ड हवाई फायर र अश्रु ग्याससमेत प्रहार गर्नुपरेको जनाएको छ। हिजो बेलुकीदेखि दुवै पक्षका कार्यकर्ताबीच विवाद भएको थियो। तर पछि विवाद समाधान गरिए पनि आज बिहानैबाट फेरि झडप भएपछि अवस्था तानावग्रस्त बनेको प्रहरीले जनाएको छ।

आज दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालयमा पुगेका बेला इलाका प्रहरी कार्यालय आठबिसकोटमा झडपको भएको हो। उनीहरुले झ‍डपका क्रममा ढुंगामुडासमेत गरेका थिए।

राडी बजारमा भएको तवानलाई समाधान गर्न जिल्लाबाट थप प्रहरी पठाइको पनि जनाइएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.